निर्देशिका
१) च्यालेञ्जको उद्देश्य
- सुधारिएको, सुरक्षित र पहुँचयुक्त शौचालयको प्रयोग प्रवर्द्धन गर्नु।
- घर–समुदायमा सरसफाइ, स्वास्थ्य, मर्यादित, र समावेशी WASH( खानेपानी सरसफाइ तथा स्वच्छता) अभ्यासका बारे जनचेतना फैलाउनु।
- स्थानीय समुदाय, युवाहरू, महिला समूह लगायत सम्पूर्ण सहभागीलाई सिर्जनात्मक रूपमा सहभागी गराउन प्रोत्साहित गर्नु।
२) च्यालेञ्जमा भाग लिन सक्ने व्यक्ति वा समूह
- विद्यालयका विद्यार्थी
- युवा समूह
- परिवार वा व्यक्ति
- महिला समूह
- अपाङ्गता भएका व्यक्तिहरू वा इच्छुक जो कोही
* सहभागिता निःशुल्क छ।
३) च्यालेञ्जमा कसरी भाग लिने ?
- भिडियो बनाउने: ३०–६० सेकेन्डको TikTok भिडियो।
- भाषा: नेपाली वा स्थानीय भाषा प्रयोग गरेर ।
- मौलिकता: स्वयं निर्मित (original) सामग्री मात्र।
- सहभागीलाई प्रोत्साहन: कर्णालीको स्थानीय बोली र साँस्कृतिक (Karnali flavor) प्रस्तुति ।
- अपलोड: TikTok मा, upload प्रक्रिया:
- Hashtags: #SUSWA #TikTokToiletChallenge #ToiletChallenge #SafeToilet#improvedtoilet
- Municipal/Ward page tag (यदि सम्भव छ भने )
- Hashtags: #SUSWA #TikTokToiletChallenge #ToiletChallenge #SafeToilet#improvedtoilet
४) भिडियोमा समावेश गर्न मिल्ने विषयहरू
- आफ्नो घर/विद्यालय/समुदायको सुधारिएको शौचालय
- शौचालय सफा राख्ने तरिका
- सबैका लागि (बालबालिका, वृद्ध, अपाङ्गता भएका व्यक्तिहरू) पहुँचयुक्त
- स्थानीय गीत, कविता, कथा, हास्य/व्यङ्ग्य
- “ हाम्रो शौचालय, हाम्रो स्वास्थ्य ”
- सुधारिएको/सुरक्षित शौचालय
- सरसफाइ, स्वास्थ्यसंग सम्बन्धित मर्यादित सन्देश
- हात धुने अभ्यास, पहुँचयुक्त र समावेशी शौचालय प्रयोग
५) के गर्ने (Do’s)
- सकारात्मक र स्पष्ट सन्देश दिने ।
- सिर्जनात्मक, रमाइलो तरिकाले प्रस्तुति गर्ने ।
- समावेशी र सबैका लागि उपयुक्त भिडियो बनाउने ।
- सुरक्षित, सफा र मर्यादित परिवेशमा खिच्ने ।
- छोटो, स्पष्ट, बुझिने भाषा प्रयोग गर्ने ।
- अरूलाई सुधारिएको शौचालय प्रयोग गर्न प्रोत्साहित गर्ने ।
- भिडियो खिच्दा नेपाल सरकारको मापदण्डलाई मध्यनजर गर्ने |
६) के नगर्ने (Don’ts)
- अरूको अनुमति बिना भिडियो खिच्नु।
- दिशा वा दिशा गरिरहेको आवस्था देखाउनु।
- अपमानजनक, हिंसात्मक, जातीय/धार्मिक वा विभेदित द्वेष फैलाउने।
- अश्लील, राजनीतिक, वा संवेदनशील सामग्री।
- मिथ्य/गलत जानकारी दिने।
- असुरक्षित खिचाइ (उच्च जोखिम वा असुरक्षित अवस्था)।
७) सुरक्षा र गोपनीयता
- अनुमति लिनु।
- १८ वर्ष मुनिका बालबालिकाका लागि अभिभावकको सहमति लिनु।
- व्यक्तिगत संवेदनशील जानकारी (ठेगाना, कागजात आदि) नदेखाउनु।
८) छनोटका मापदण्ड (Judging Criteria)
मापदण्ड | विवरण |
सन्देशको स्पष्टता | मुख्य WASH (खानेपानी, सरसफाइ र स्वच्छता)/शौचालय विषयमा केन्द्रित |
मौलिकता | स्वयं सिर्जना गरिएको |
सिर्जनात्मकता | रमाइलो, नयाँ तरिका |
प्रभाव | जनचेतना जगाउने क्षमता |
समावेशी | विविध समूह समेटिएको |
स्थानीय पहिचान | कर्णालीको संस्कृति, भाषा झल्कने |
*अन्तिम निर्णयको आधिकार आयोजकसंग निहित हुनेछ ।
१०) समयसीमा
- भिडियो मंसिर २, २०८२ (18 Nov 2025 ) का दिन दिनको १२ बजे भित्र tiktok मा post गरिसक्नु पर्नेछ | र बिजेताको घोषणा विश्व शौचालय दिवसका दिन मंसिर ३ (19 Nov ) मा गरिने छ |
११) सम्पर्क / थप जानकारी
१२) पुरस्कार
- बिजेतालाई कदर पत्र, आकर्षक पुरस्कार र सुस्वा आयोजनाबाट आयोजित महत्वपूर्ण रास्ट्रिय कार्यक्रममा सहभागिताको व्यवस्था गरिनेछ |