Scroll down for Nepali
— —
Kaali Bahadur Buda
Bangad Kupinde 5, Salyan
All my life, I have served the village. I am the man they all ask for. And I help the villagers without any selfishness or for a want of a reward. I know the villagers need a young able man like myself who is willing to serve.
I do all kinds of things for them. From mending their fences and helping them in their fields. I also volunteer when someone is sick and has to be transported down to the health post. I do not mind using my motorbike for someone who needs to see a doctor. I am also the plumber for the village. I began with mending pipes and fixing leakages and since they installed the solar panels to draw water to the village I am the one responsible for checking if it is functioning properly. My work is crucial to the smooth running of water in the village.
Being the plumber of my village is not an easy task. I never know when there will be trouble. The solar panel system to draw water unto the village has given a lot of relief but due to the lack of skilled labour in the village to maintain and repair the system, sometimes I am left helpless. Not so long ago the lightening destroyed the fuses of 20 of the panels. Then the rod of the pump also broke. When that happened we did not have drinking water for 3 months.
The villagers had to resort to the same old ways of fetching water; Walking to the river or the source. I went to the palika office asking for a technician but he was always occupied. I was met with promises after promises. When he finally arrived, we had suffered enough.
I feel like If only I had some training, some proper tools and some money, I would have fixed the fuses myself. I would have fixed the pump rod myself. We could have avoided all of the trouble that the villagers had to go through. We could have done without all the waiting. But that is not the case.
In times of emergency we should be self-reliant. We need support from organizations, the government and the country but the core of the matter is that we should be able to sustain our own development. How we take it forward should be upon us. We should have the resources to sustain the new technologies that are given to us. We cannot do it using our primitive tools and ways. For that we need the necessary skills and resources.
काली बहादुर बुढा
बनगाड कुपिन्डे ५, सल्यान
मैले मेरो पुरा जीवन गाउँको सेवामा बिताएँ । सबैले मलाई नै खोज्छन् । म कुनै स्वार्थबिना नै गाउँलेहरुको सेवा गर्छु र मेरो कामको बापत मैले कुनै पैसा या पुरस्कार खोजेको छैन । गाउँलेहरुलाई म जस्तो काम गर्न सक्ने मान्छे र सेवा गर्न तयार मान्छेको आवश्यकता छ ।
मैले सबै खालको काम ग़र्छु । उहाँहरुको पर्खाल लगाउनेदेखि उहाँहरुको खेतबारीमा सहयोग गरिदिने गरेको छु । गाउँमा कोही बिरामी पर्यो र स्वास्थचौकीसम्म पुर्याउनु पर्दा पनि मैले सहयोग गर्छु । कसैलाई उपचारको लागि डाक्टरकोमा लान मेरो मोटरसाइकल प्रयोग गर्दा मलाई केहि आपत्ति छैन। मैले सुरुका दिनहरुमा भाँचिएको पाइपहरु जोड्ने र चुहावट टाल्ने काम गरेँ । जब पानी तान्न सोलार प्यानलहरु जडान भए, यसको हेरचाह गर्ने र राम्ररी चलिरहेको छ कि छैन भनेर हेर्ने जिम्मा मैले लिएको छु । गाउँमा निरन्तर पानी आउनुमा मेरो महत्वपुर्ण भुमिका रहेको छ ।
गाउँको चौकिदार भएर काम गर्दा सजिलो छैन । कुन बेला समस्या आउला भन्न सकिन्न । सोलार प्यानलले गर्दा माथि गाउँसम्म पानी आएको हुनाले धेरै राहत त भएको छ तर दक्ष कामदारको आभावको कारणले गर्दा मेशिन मर्मत सम्भार गर्न समस्या छ। केहि समय अगाडि चट्याङ परेर २० वटा सोलार प्यानलको फ्युज उड्यो। पम्पको रड पनि भाँचियो । त्यसपछि त गाउँमा तीन महिनासम्म पानी ठप्प भयो।
गाउँलेहरु पुरानै तरिकाले पानी ओसार्न बाध्य भए । कि मुल धाउन पर्यो कि खोला जानुपर्यो । म हाम्रो गाउँको समस्या लिएर पालिका कार्यलय पनि पुगेँ र प्रविधिकलाई हाम्रो गाउँ आएर सोलार प्यानल हेरिदिन हुन आग्रह गरेँ । तर उहाँले समय नै दिन सक्नु भएन । र मैले आश्वासनहरु मात्र पाएँ । जब उहाँ आउनुभयो तीन महिना बितिसकेको थियो र हामीले धेरै दुःख भोगिसकेका थियौँ ।
यदि कुनै तालिम, मर्मत गर्ने औजार र थोरै पैसा भएको भए मैले आफैले त्यतिबेला नै फ्युज़ फेर्न सक्थेँ जस्तो मलाई लग्यो । त्यो पम्पको रड पनि मैले आफैले फेर्ने थिएँ । बिनाकारण गाउँलेहरुले दुःख भोग्नु पर्दैनथियो । त्यति लामो समय प्रविधिकको लागि कुरिरनुपर्दै थियो । तर त्यसो भएन।
जब अफ्ठेरो पर्छ तब हामी आत्मनिर्भर हुनु आवश्यक छ । मुख्य कु्रा त्यहि नै हो । हामीलाई विभिन्न संस्थाहरुको र सरकारी निकायहरुको सहयोग चाहिन्छ तर त्यसरी आएको बिकासलाई दिगो राख्न हाम्रो भुमिका अनिवार्य छ । हामीले नयाँ बिकासलाई अगाडी कसरि लाने भन्ने कुरा हाम्रो जिम्मेवारी हो । नयाँ प्रब्रिधिलाई सदुपयोग गर्न हामीलाई स्रोत र साधनको आवश्यकता छ । पुरानै प्रविधि र तरिकाले यो असम्भव छ ।