
A sudden attack by a wild bear while fetching water is a moment Mrs Jarma Rokaya can never forget. What began as a daily chore turned into a terrifying fight for survival, a reality many women in her village silently lived with for years. Before safe drinking water reached the community, women woke before sunrise, walked through steep forests and dangerous trails carrying heavy water containers, often accompanied by children and neighbours for safety. The fear of wild animals, exhaustion, and long hours spent collecting water made water scarcity not just a hardship, but a daily risk to women’s lives and dignity.
Despite occasional interventions by development partners and the former Village Development Committee to build water taps, these solutions were short-lived. Lack of maintenance funds, absence of trained caretakers, untrained committees for project sustainability, and natural disasters like floods and landslides repeatedly damaged the taps and springs. Over time, only four taps remained in the village, forcing women to quarrel with neighbors over water. Morning chores, washing clothes and utensils, feeding livestock, irrigating kitchen gardens, and the chaos of children competing for water made daily life extremely stressful.
Mrs. Rokaya recalls that the struggle for water in the past was immense. But now, the situation has completely changed. Under the sustainable Water, Sanitation, and Hygiene project in Hima Rural Municipality, the Badakhola Water Supply and Sanitation Plan implemented the “One House, One Tap” approach in 136 households, providing safe water with inline chlorination directly to homes. This has not only reduced waterborne diseases but also eliminated the long queues and hours spent fetching water.
With water available at home, women can irrigate kitchen gardens, grow vegetables, and even earn income by selling their produce. Household hygiene, use of toilets, and regular handwashing have become easier, and women no longer have to carry children and laundry to the river for sanitation during menstruation. Family and community disputes over water have decreased, and peace has returned to the daily lives of women like Mrs. Rokaya.
The project’s success was achieved with 75% women’s participation in forming the consumer committee. Maintenance funds have been established, and trained maintenance workers, one woman and one man per household, ensure sustainability. Committees receive capacity-building training, and regular monitoring, public hearings, and cleaning of springs, taps, and water tanks are conducted. In the three years since project completion, maintenance funds have allowed for three rounds of inline chlorination replacement, keeping the system functional and safe.
Thanks to the Badakhola Water Supply and Sanitation Plan, happiness has returned to the women of Bajagad alongside the water flowing from their own taps. They are now free from the long-standing stress and struggle of fetching water, reclaiming their time, health, and dignity.
— Sumita Shahi, Ward Coordinator, Jumla
खानेपानीको धारा सँगै फर्किएका जर्माका खुशीहरु

हिमा गाउँपालिकाका वडा न. ५ बाजागाड कि जर्मा रोकायालाई बि.स २०५० सालमा खोलामा पानी भर्न जादा जङ्गली जनावर भालुले आफ्नै गाउँकी महिलालाई घाइते बनाएको सम्झना अझै ताजै छ। तत्कालीन कालिकाखेत्तु गा.बि.स वडा न . ८ र ९ तथा हाल हिमा गाउँपालिका वडा न ५ बाजागाडा गाउँमा विगत लामो समय देखि खानेपानीको समस्या ज्यू का त्युँ थियो । उनलाई त्यस बेलाको खानेपानी ओसार्दाको पीडा सम्झेर अहिले पनि मन भक्कानिन्छ। सासू ससुराको डर तथा करले बिहान झिसमिसे उज्यालो नहुँदै खोला जानु पर्ने र नजिकै घना जङ्गल अनि जङ्गली जनावरको डर पनि उत्तिकै थियो, कहिले काहीँ छिमेकी बोलाएर जानू पर्ने त्यस माथि पनि साथी लिएर जादा आफैलाई ढिला, अलिकति ढिला भयो भने पनि घरका मान्छेको हप्की सुन्नु पर्थ्यो, कहिले काहीँ त कतै मुहान भएको ठाउँमा काममा जानू पर्यो भने डोकोमा पानी भर्ने भाँडा र बालबालिका सँगै बोकेर जानु पर्ने गाउँको सम्पूर्ण माहिला दिदीबहिनीको मुख्य समस्या नै थियो । पाहिले विगतमा भोगेको खानेपानीमा समस्या सुनाउँदै गर्दा बहकिएर आखा रसाउँदै थिए जर्माका ।हरेक दिन बिहान ४/५ बजे नै उठेर खानेपानीको जोहो गर्नु पर्ने महिला दिदीबहिनीको बाध्यता थियो ।
खोलाको पानी खाँदै आएका बाजागाड गाउँमा खानेपानीको समस्या समाधानको बिभिन्न प्रयास नभएको होइन केही विकास साझेदार र तत्कालीन गाउँ विकास समितिले धारा निर्माण गरिदए। तर योजना निर्माण पश्चात मर्मत सम्भार कोष जम्मा नगर्नु, मर्मत सम्भार कार्यकर्ता तालिम प्राप्त नहुनु, योजना सञ्चालन र दिगोपना सम्बन्धी समितिले क्षमता विकासको तालिम नपाउनु, समय समयमा रेखदेख तथा मर्मत सम्भारका अभाव धाराहरू बिग्रँदै, बर्सातको समयमा आउने बाढी पहिरोबाट धारा तथा मुहारहरूमा क्षति पुगे पछि , त्यो खुसी लामो समय सम्म टिक्न सकेन।
गाउँमा जम्मा ४ वटा धारा मात्र बाकी रहे पछि छिमेकी सँग धारामा झगडा गरेर पानी भर्नु पर्थ्यो। घरको काम थन्कि रहेकोले सबैलाई छिटो पानी भर्ने चटारो हुने, कपडा र भाँडाकुँडा त्यही धारामा धुनु पर्ने, गाईबस्तु लाई त्यही पानी खुवाउनु पर्ने, घरबारीमा लगाएको तरकारी मा त्यही पानी सिँचाइ गर्नु पर्ने, शनिबार त झन बालबालिकाको भिड मात्र हुने बिहान कतै काममा जानु परेमा पानी भरेर जानु पर्ने जस्ता समस्या त कति थिए कति ।
उनी भन्छिन् विगतमा खानेपानीको लागी जति दुःख पाए पनि अहिले अवस्था फेरिएको छ । अहिले हिमा गाउँपालिकामा सञ्चालित सबैको लागी दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना अन्तर्गत बादाखोला खानेपानी तथा सरसफाइ योजनाको एक घर एक धारा निर्माण प्रक्रिया सम्पन्न भए पछि आफ्नै घरको धारोमा इन्लाइन कोलोरेशन सहित सुरक्षित खानेपानी खान पाएको छौ । सुरक्षित खानेपानी खान पाउदा पानीजन्य रोगमा कमी हुनुको साथै बर्षौ देखिको खानेपानीको समस्या समाधान मात्र नभइ गाग्री बोकेर पानीको लागी घण्टौ लाइन कुर्नु पर्दैन।
आफ्नै घरमा धारा हुदा करेसावारीमा सिचाँइ गरि तरकारी उत्पादन गरि तरकारी बिक्री गरेर आम्दानी समेत हुने गरेको छ। घरमै धारा उपलब्ध भए पश्चात परिवारको सदश्यहरुको सरसफाइ, शौचालयको प्रयोग, साबुनपानीले हात धुने बानीको विकास लगाएत सरसफाइ र स्वच्छतामा निकै सहजता मिलेको छ।यो योजना निर्माण प्रश्चात महिनावारी हुदा सरसफाइको लागी सानो बच्चा काखमा र कपडाको डोको पिठिउमा बोकेर एका बिहानै खोलामा जानु परेको छैन । पानीकै कारणले घरझगडा,गाउँको दिदीबहीनी सँग झगडा गर्नु परेको छैन । बादाखोला खानेपानी तथा सरसफाइ योजनाबाट बाजागाड गाउँमा १३६ घरघुरीमा एक घर एक धारा निर्माण भए पछि म जस्तै अन्य महिला दिदीबहिनीको सुखका दिनहरु फर्किएका छन । खानेपानीको समस्याबाट पुर्णरुपमा मुक्ती मिलेको छ खानेपानीकै तनावमा आधा उमेर ढल्केकी जर्माको अहिले खानेपानीको धारा सँगै खुशी पनि फर्किएको छ।
उनले थपिन ७५% महिलाको सहभागीतामा उपभोक्ता समिती गठन गरि बादाखोला खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएको हो। हाल योजनाको मर्मत सम्भारका लागि मर्मत सम्भार कोष जम्मा गर्नै गरेका छौ । १/१ एक जना महिला र एक जना पुरुषले मर्मत सम्भार कार्यकर्ता तालिम प्राप्त गरेको छन । योजना अनुगमन र सार्वजनिक सुनुवाइ समेत हुने गरेको छ । योजना सञ्चालन र दिगोपना सम्बन्धी समितिले क्षमता विकासको समय समयमा तालिम प्राप्त गरेको छन। समय समयमा मुहान, च्यामवर, धारा, पानी ट्यान्कीको सरसफाइ रेखदेख तथा मर्मत सम्भार पनि हुन्छ । योजना सम्पन्न भएको ३ बर्ष भयो मर्मत सम्भार कोषको रकमले ३ पटक इन्लाइन कोलोरेशन परिवर्तन गरिएको छ ।
– सुमिता शाही, वास संयोजक, जुम्ला