Header image – the road to Dolphu. Scroll down for English and images.
Written by Mugum Karmargong WASH coordinator Mukunda Rawal
कर्णाली प्रदेश अन्तर्गत मुगु जिल्लाका ४ वटा स्थानीय तह मध्ये मुगुम कार्मारोङ गाउँपालिका पनि एक हो । स्थानीय संरचना पुनर्संरचनाको क्रममा साविकका मुगु, डोल्फु, किम्री, पुलु र माँग्री गाविसलार्इ समेटेर ९ वटा वडाहरु सहित मुगुम कार्मारोङ गाउँपालिका स्थापना गरिएको हो । मुगुम कार्मारोङ गाउँपालिकाको ९ वटा वडाहरु मध्ये वडा नं १ मा पर्ने डोल्फु गाउँ पर्दछ ।
डोल्फु गाउँ प्राकृतिक रुपमा सौन्दर्य, साँस्कृतिक हिसावमा प्रसिद्व छायाँनाथ धाम, खनिज प्रदार्थको हिसावमा तामाखानी र प्रशस्त मात्रामा विभिन्न प्रजातिका जडिबुटीले भरिपूर्ण मानिए पनि भौगोलिक हिसावमा अति नै विकटता तथा दुर्गम स्थानमा रहेको छ । मुगुम कार्मारोङ गाउँपालिका देखि उत्तर पूर्व दिशामा र ११ कोस टाढा रहेको छ । पैदल यात्राका क्रममा अनेकौ पहाड, खोलानाला, भिरपाखा, जंगल र उकाली ओराली पार गर्दै करिव २ दिनमा डोल्फु गाउँमा पुगिन्छ । यस गाउँमा जनजाति र दलित गरी ५५ घरधुरीहरुले स्थायी रुपमा बसोवास गरेका छन् । जस मध्येमा ७ घरधुरी दलित र ४८ घरधुरी जनजाति रहेका छन् । यहाँ जनजातिको बाहुल्यता रहेको र दलित अल्पसंख्यक जाति भित्र पर्दछन । जनसंख्याको हिसाबले जनजाति महिला १७४ जना, जनजाति पुरुष ११४ जना गरी जम्मा २८८ जना जनजाति रहेका छन् भने दलित महिला २२ जना र दलित पुरुष १८ जना गरी जम्मा ४० जना दलित रहेको यो समुदायमा कुल जनसंख्या ३२८ रहेको छ । यस गाउँका स्थानीय समुदायका मानिसहरुको खानेपानी, सरसरफाइ तथा स्वच्छताको अवस्था दयनीय रहेको छ । ५५ वटा घरधुरीका ३२८ जना मानिसहरु भएको गाउँको किनारामा एउटा पानीको मुहान रहेको छ । जुन मुहानबाट सबै घरधुरीहरुमा पाइप प्रणालीबाट पानी आपूर्ति गर्न नसकिने भएको कारणले गर्दा समुदायका केही मानिसहरुले मुहानमा पुगेर खानेपानी लगायत सरसफाइका अन्य कार्य गर्दछन भने केही मानिसहरुले पाइप प्रणालीको एउटा मात्र सार्वजनिक धाराबाट र केहीले घरघरमा स्थायी रुपमा पाइप लाइन जडान गरेर खानेपानी आपूर्ति गरिरहेको देखिन्छ । एउटा घरमा पाइप लाइन जडान गर्दा अर्को घरमा पानी नजाने र पालो पर्खनु पर्ने अवस्थाले यस गाउँका समदायहरु खानेपानीको समस्यामा परेका छन् । यस समुदायमा शौचालय प्रयोग गर्ने र शौचालय भएका घरधुरी कमै मात्रामा देखिन्छ । शौचालय नभएका मानिसले हाल सम्म पनि खुला स्थानमा दिसापिसाव गर्ने कायमै रहेको छ । खुला स्थानमा दिसापिसाव कायमको अवस्थाले गर्दा गाउँको सरसफाइ तथा स्वच्छताको अवस्था नाजुक देखिन्छ । यस गाउँको खानेपानीको समस्यालार्इ न्यूनीकरण गर्नको लागि गाउँमा उपयोग भै रहेका मुहानहरु सबै घरधुरीमा संचालन गर्न सम्भावना नरहेकोले गर्दा गाउँकै मुहानले खानेपानी आपूर्ति गर्न कठिनाइ भएको अवस्थालार्इ ध्यानमा राखी सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) ले काम गर्दा समुदायका मानिसहरुले प्रत्यक्ष रुपमा लाभ लिने देखिन्छ ।
यस गाउँपालिकाले निर्माण गरेको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान)को प्राथमिकतामा रहेका योजनाहरुमध्येबाट योजना छनौट गरी आर्थिक वर्ष ०७८।०७९ को १० औं गाउँ सभाबाट सुस्वा आयोजनासंगको लागत साझेदारीमा खानेपानी तथा सरसफाइ योजनाको संचालन गर्न बजेट विनियोजन गरिएको थियो । यस गाउँपालिकामा सुस्वा आयोजना लागु भएदेखि खानेपानी तथा सरसफाइ क्षेत्रको अवस्था सुधार गर्नको लागि बाटो खुलेदेखि नै मुगुम कार्मारोङ गाउँपालिका वडा नं १ डोल्फु गाउँको खानेपानी तथा सरसफाइको सम्भाव्यता अध्ययन गरी महिला ४ जना र पुरुष ३ जना गरी जम्मा ७ सदस्यीय उपभोक्ता समितिमा १ जना दलित लगायत समावेशिताको आधारमा महिला ५० प्रतिशत भन्दा बढी सभागिता रहेको उपभोक्ता समिति गठन गरिएको थियो । यस गाउँको खानेपानी तथा सरसफाइ योजनाको लागि छायाँनाथ धाममा भएको मुहानबाट समुदायमा एक घर एक धारा संचालन गर्ने आमभेलाबाट पारित गरी गाउँपालिकाका प्राविधिक टोलीहरुले योजनाको सर्वेक्षण कार्य सम्पन्न गरी प्राविधिक डिजाइन तथा लागत अनुमान तयारी पारी गाउँपालिकाबाट स्वीकृत गरिएको छ । गाउँपालिकाबाट डिजाइन तथा लागत अनुमान स्वीकृत भएसंगै स्थानीय उपभोक्ताको आमभेलामा विस्तृत रुपमा छलफलको प्रक्रियाबाट अनुमोदन गरी उक्त आमभेलाबाट २ जना उपभोक्ता समितिबाट र १ जना उपभोक्ताबाट मध्यबाट जसमा१ जना महिला सहभागीता हुने गरी ३ सदस्यीय खरिद समिति गठन भएको छ । गाउँपालिका स्तरमा खरिद समिति र उपभोक्ता समितिलार्इ ३ दिने खरिद प्रक्रिया तथा लेखा व्यवस्थापन सम्बन्धी तालीम दिई गाउँपालिका स्तरको संयुक्त खरिद समिति मार्फत सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाको सामुदायिक खरिद कार्यविधि २०७९ बमोजिम खरिद प्रक्रिया अबलम्बन गरि गमगढी देखि छाइल सम्म गाडीबाट र छाइलबाट डोल्फु गाउँको योजना स्थलमा मान्छे, खच्चर र हेलिकोप्टर मार्फत गैर स्थानीय सामग्री ढुवानी कार्य हुदै गरेको छ ।
यस डोल्फु गाउँमा प्रयोग हुदै आएको मुहान केही घर भन्दा तल भएकोले सबै घरधुरीमा पानी आपूर्ति गर्नको छायाँनाथ धाममा रहेको मुहानबाट नयाँ निर्माणको खानेपानी तथा सरसफाइ योजना संचालन भएको छ । जुन योजनाबाट ५५ घरधुरी, १ गुम्बा,१ स्वास्थ्य संस्था, १ वडा कार्यालय, १ विद्यालय र १ सार्वजनिक धारा गरी जम्मा ६० वटा धाराबाट ३२८ जना समुदायका मानिस लगायत अन्य सेवा प्रदायक निकायमा सेवाग्राही लाभान्वित हुने देखिन्छ । डोल्फु खानेपानी तथा सरसफाइ योजनाको जलवायु अनुकुलनलार्इ मध्यनजर गरी खानेपानी सुरक्षा योजना निर्माण गरी कार्ययोजना बमोजिम वृक्षारोपण तथा तटबन्धन कार्यका माध्यमबाट खानेपानी सुरक्षा योजना निर्माण योजना लागु गर्ने रहेको छ । साथै दिगो व्यवस्थापनका लागि आमभेलाबाट १ जना महिला र १ जना पुरुष छनौट गरी २ जना मर्मत सम्भार कर्तालार्इ १५ दिनको मर्मत सम्भार सम्बन्धी तालिमका माध्यमबाट दक्ष जनशक्ती उत्पादनका साथै खानेपानी तथा सरसफाइ योजनामा सधैभरीको लागि मर्मत सम्भार कर्ताको व्यवस्था गरिएको छ । खानेपानी तथा सरसफाइ निर्माणका क्रममा समुदाय स्तरमा अनुगमन तथा समन्वय समितिले बेला बेलामा अनुगमन तथा सुपरिवेक्षण गरी दिगो विकासमा मद्दत पुग्ने छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको विधान गाउँपालिकामा दर्ता गराइ व्यवस्थापन कार्यविधि तयार पारी व्यवस्थापन कार्यविधि अनुसार मासिक शुल्क निर्धारण, प्रतिघर धुरीको रु ५०० का दरले मर्मत सम्भारकोषको माध्यमबाट खानेपानीको दिगो व्यवस्थापन तथा संचालनले स्थानीय समुदायलार्इ निरन्तर तथा नियमित लाभ पुग्ने देखिन्छ ।
Mugum Karmarong Rural Municipality is one of the four local levels in Mugu district of Karnali State. Mugum Karmarong Rural Municipality has been established with nine wards, such as Mugu, Dolphu, Kimri, Pulu and Mangri.
To reach Dolpu, you must travel on foot for two days, cross many hills, streams, cliffs. There are 55 Janajati and Dalit households permanently settled in this village, 328 people. There are 55 Janajati and Dalit households permanently settled in this village. Of these, 7 households belong to Dalit and 48 households belong to Janajati communities. In the 55 households, there are 174 Janajati women, 114 Janajati men, 22 Dalit women and 18 Dalit men.
The condition of drinking water, sanitation and sanitation of the people of the local community of this village is in a poor condition. Due to the inability to supply water to all households through pipe system, some of the village communities reach the source and do other cleaning works, while some people are supplying drinking water through only one public tap of the pipe system and some communities are supplying drinking water by installing a pipeline permanently in the house. The villagers of this village are facing the problem of drinking water due to the installation of a pipeline in one house and not pouring water in the other house and waiting for their turn.
In this community, there are very few households that use toilets and have toilets. People without toilets continue to defecate in the open. Due to the condition of defecation in the open, the sanitation and hygiene condition of the village seems to be fragile.
In order to reduce the drinking water problem of this village, the source being used in the village is not likely to be operated in all the households, so keeping in mind the difficulty in supplying drinking water from the source of the village, it seems that the people of the community will directly benefit from the work of sustainable drinking water, sanitation and sanitation project for all.
The rural municipality has given priority to the WASH plan constructed in the fiscal year 2078 BS. The plan was selected to run the drinking water and sanitation scheme in cost sharing with SUSWA Project by allocating the budget from the village assembly.
Since the implementation of the SUSWA project in this rural municipality, a feasibility study of drinking water and sanitation in Dolphu village of Mugum Karmarong Rural Municipality-1 has been formed to study the feasibility of drinking water and sanitation.
For the drinking water and sanitation project of this village, the technical teams of the rural municipality have completed the survey work of the project and approved it from the municipality after preparing the technical design estimate.
With the approval of the design estimate from the municipality, a three-member purchase committee has been formed with the participation of two users from the consumer committee and one woman from among the consumers.
As per the procurement procedure 2079 BS of the Sustainable Drinking Water, Sanitation and Sanitation Project for All through the Joint Procurement Committee at the municipality level, the procurement process is being carried out by vehicles from Gamgadhi to Chhail and from Chhail to the project site of Dolphu village through people, mules and helicopters.
New construction of drinking water and sanitation scheme has been launched from the source at Chhayanath Dham to supply water to all the households below a few houses. A total of 60 taps including 55 households, one monastery, one health institution, one ward office, one school and one public tap will benefit 330 people of the community and other service providers.
In view of the climate change adaptation of the Dolphu Drinking Water and Sanitation Scheme, the drinking water security plan will be prepared and the drinking water security plan will be implemented through tree plantation and embankment works as per the action plan. In addition, for sustainable management, one woman and one male have been selected from the general assembly and two maintenance workers have been provided skilled manpower through 15 days maintenance training as well as permanent maintenance in drinking water and sanitation schemes.
Monitoring and coordination committee at the community level will help in sustainable development by monitoring and supervising from time to time during the construction of drinking water and sanitation. It is expected that the local community will be benefited continuously and regularly by registering the statute of the Drinking Water and Sanitation Users’ Committee in the rural municipality and preparing the management procedure and determining the monthly fee according to the management procedure, maintaining the maintenance fund at the rate of Rs 500 per household.
See a short interview with a woman fetching drinking water in Mugu, sharing on the lack of taps (English subtitles):
Read more stories from SUSWA working area in Mugu :